सुनको मूल्य अत्यधिक बढेपछि त्यसको प्रभाव बजारमा देखिन थालेको छ। फागुनयता सुनको आयात निरन्तर कम भएको छ।
माघ महिनासम्म परिमाणात्मक आयात १६ प्रतिशतले र मूल्यको आधारमा ८१ प्रतिशतले बढेको थियो।
तर, फागुन र चैत महिनामा गत वर्षको यसै समयको तुलनामा परिमाणात्मक आयात ८१ प्रतिशतले र मूल्यगत आधारमा ५८ प्रतिशत घटेको छ।
२०८२ को फागुन र चैत महिनामा एक लाख ३० हजार ग्राम सुन आयात भएको छ। २०८१ फागुन र चैत महिनामा ५ लाख ३६ हजार ग्राम आयात भएको थियो।
मूल्यगत आधारमा गत वर्ष यी दुई महिनामा ७ अर्ब १३ करोड रूपैयाँको बराबरको सुन आयात भएको थियो।
यो वर्ष फागुन र चैत महिनामा जम्मा २ अर्ब ९८ करोड रूपैयाँको मात्रै आयात भएको छ।
चालु वर्षको नौ महिना (साउनदेखि चैतसम्म) मा सुनको परिमाणात्मक आयात १५ प्रतिशतले घटेको छ।
मूल्यगत आधारमा भने ३० प्रतिशतले बढेको छ।
यो अवधिमा २५ अर्ब ३२ करोड रूपैयाँ बराबरको सुन आयात भएको छ।