नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको भाउ घटेको छ।
बिहीबार तोलामा एक हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार प्रतितोला पाँच हजार २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।