नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।
शुक्रबार तोलामा एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ आज एक हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ।
शुक्रबार प्रतितोला पाँच हजार दुई सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दतीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।