नेपाली बजारमा आज (बुधबार)सुनको भाउ सामान्य घटेको छ भने चाँदी बढेको छ।
मंगलबार तोलामा चार हजार चार सय रूपैयाँ बढेको सुनको भाउ सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ।
मंगलबार प्रतितोला पाँच हजार ६ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार सात सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय अमेरिकी डलरमा कारोबार भइरहेको छ।