नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ।
बुधबार तोलामा आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य भने घटेको छ।
बुधबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार तीन सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।