सरकारले ६७० मेगावाटको जलाशययुक्त दूधकोशी जलविद्युत आयोजना निर्माण सुरू गर्ने भएको छ।
आगामी आर्थिक वर्ष आयोजनाको जग्गाप्राप्तिको काम सकेर निर्माण सुरू गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए।
सरकारले जलाशययुक्त जलविद्युत आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरेको छ।
सौर्य तथा वायु उर्जालाई समेत जलाशययुक्त आयोजना जसरी सञ्चित गर्ने योजना सरकारले अघि सारेको हो।