सरकारले आगामी आर्थिक वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि ७ प्रतिशत हुने अनुमान गरे। ठीक एक वर्षअघिको बजेट भाषणमार्फत् उनै खतिवडाले आर्थिक वृद्धि साढे ८ प्रतिशत हुने अनुमान गरेका थिए। तर कोरोनाभाइरसको असरले यो वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने तथ्यांक विभागको प्रक्षेपण छ।
कुल १४ खर्ब ७४ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दै उनले मूल्यवृद्धि पनि ७ प्रतिशतभित्र राखिने घोषणा गरे।
मुद्रास्फिति पनि ७ प्रतिशतमा कायम गर्नेगरी राष्ट्र बैंकले मौद्रिक नीति तय गर्ने उनको भनाइ छ।
त्यस्तै, मुद्रास्फिति दरलाई ७ प्रतिशतभित्र सीमित गर्नेगरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने उनको भनाइ छ।