सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालनका लागि कूटनीतिक पहल गर्ने भएको छ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
प्रस्तुत गर्नेक्रममा उनले दुई विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गरिने बताएका हुन्।
‘गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलान थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गरिनेछ,’ उनले भने।