नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ।
शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले यही वैशाख ९ गते देशव्यापी रूपमा पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
उनकाअनुसार केन्द्रमा एउटा कार्यक्रम हुनेछ भने प्रदेश र जिल्लाहरूमा पनि आ-आफ्ना तवरबाट कार्यक्रमहरू हुनेछन्।