नेकपा (एकीकृत समाजवादी) की राष्ट्रिय सभा सदस्य नन्दा चपाईं भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी छन्।
आइतबार दिउँसो राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चपाईंलाई राज्यमन्त्रीको शपथ खुवाएका हुन्।
भौतिक पूर्वाधार मन्त्री एकीकृत समाजवादीका प्रकाश ज्वाला छन्।