सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच छलफल जारी छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ६ बजे बैठक सुरू भएको हो।
बैठकमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई चाँडै टुंगो लगाउनेबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरू सहभागी छन्।
टिआरसी विधेयक अघि बढाउने सम्बन्धमा आज बिहान प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा छलफल गरेका थिए।