प्रतिनिधि सभाको अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ।
कार्यबाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा आज राति १२ बजेदेखि संसद अधिवेशन अन्त्य हुने सूचना संसद सचिवालयलाई पठाएका हुन्।
सामान्यतया अधिवेशन अन्त्यको सूचना सभामुखले प्रतिनिधि सभा बैठकमा पढेर सुनाउने प्रचलन छ।
तर प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सांसद लक्ष्मी महतो कोइरीको निलम्बनको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ।
संसदमा अधिवेशन अन्त्यको सूचना सुनाउनुअघि प्रतिनिधि सभाको अधिवेशनमा भए गरेका कामको विवरण सभामुखले पेश गर्छन्।
तर सभामुखले शुक्रबार विवरण पेश गर्नु ठिकअघि विवाद भएका कारण संसद स्थगित भएको छ। आधा घण्टाका लागि स्थगित बैठक सुरू भएको छैन।
यो पनि:
सभामुखले फरार सांसद कोइरी अस्वस्थ भएको पत्र पढेपछि संसदमा हंगामा, बैठक स्थगित (भिडिओ)
