नवनियुक्त मन्त्रीहरूले शपथ लिएसँगै पदभार ग्रहण गरेका छन्।
बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए। शपथ ग्रहण गरेसँगै उनीहरू कार्यभार सम्हाल्न सिंहदरबारस्थित कार्यालय पुगेका हुन्।
धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री बुधबार नियुक्त भएका थिए।
नेपाली कांग्रेसबाट मन्त्री भएका उनीहरूलाई आज शपथ गराइएको हो। पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री छन्।
तस्बिर: नवीनबाबु गुरूङ/निशा भण्डारी
















