नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यही वैशाख २६ गते सचिवालय बैठक बोलाइएको जानकारी दिए।
उनका अनुसार ललितपुरस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले आगामी केन्द्रीय कमिटीको बैठकको एजेन्डा तय गर्नेछ।
‘एमालेको केन्द्रीय कमिटी बैठक वैशाख २९, ३० र ३१ गते झापामा बस्दै छ,’ उनले सेतोपाटीसँग भने, ‘जेठ १ गते दमकमा सभाको तयारी पनि गरेको छ। यसको तयारी र एजेन्डा तय गर्न सचिवालयको बैठक बस्न लागेको हो।’
एमालेको यो पाँचौं केन्द्रीय कमिटीको बैठक हो। विधानतः छ–छ महिनामा केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्ने भए पनि तीन महिना ढिलोगरी एमालेको बैठक बस्न लागेको हो।