प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन्।
प्रधानमन्त्री प्रचण्डका सञ्चारविज्ञ मनहरि तिमिल्सिनाका अनुसार आचार्यलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त गरिएको हो।
यसअघि यो मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवको मन्त्रालय फेरिएको छ। उनलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ।
नवनियुक्त मन्त्री आचार्यको शपथ आइतबार १२ बजेपछि हुनेछ। आचार्य कपिलवस्तु-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।