प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनियुक्त सचिवहरूले पदभारग्रहण गरेका छन्।
प्रतिनिधि सभा सचिव पद्मप्रसाद पाण्डेय र राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्यालले आइतबार शपथ लिएपछि पदभारग्रहण गरेका हुन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिव र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सचिव सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गरेका थिए।
प्रतिनिधि सभा सचिव नायव महान्यायाधीवक्ता हुन् भने राष्ट्रिय सभा सचिव संसद सचिवालयकै सहसचिव हुन्।
यसअघि प्रतिनिधि सभा सचिव गोपालनाथ योगी र राष्ट्रिय सभा सचिव राजेन्द्र फुयालको पाँच वर्षे कार्यकाल सकिएको थियो।