राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको छ।
जेठ १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले पार्टीनिकट विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको प्रवक्ता सगुनसुन्दर लावतीले निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘राप्रपाले विद्यार्थी संगठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको छ,’ उनले भने। साथै सरकारी तलब खाने कर्मचारीको संगठन पनि नबनाउने राप्रपाले निर्णय गरेको छ।
राप्रपाले देशमा विद्यमान संकटलाई निकास दिन सबै राजनीतिक दल र शक्तिहरूलाई संवादमा आउनसमेत आह्वान गरेको छ।
साथै पार्टी संसदीय दलको विधान पारित गरेको छ। यसअघिका कार्यसम्पादन समिति बैठकका निर्णयहरू पनि पारित भएका छन्।