प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा डेढ घन्टा ढिला हुँदा पनि सुरू भएको छैन।
आजको बैठक ११ बजेलाई तय गरिएको थियो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डसँग सवालजवाफ गर्न २० जना सांसदले नाम टिपाएका छन्। कांग्रेस, नेकपा (एमाले)का ३/३ जना सांसदले प्रश्न सोध्न पाउने भएका छन्।
माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राप्रपा, जसपा, लोकपा, जनमत पार्टीका १/१ सांसदले प्रश्न टिपाएका छन्।
बाँकी रहेका दलको हकमा के गर्ने भन्ने निरूपण हुन नसक्दा बैठक बस्न सकिरहेको छैन।