प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कालापानी–लिपुलेक–लिम्पियाधुरासीमा विवादबारे भारतसँग कुरा हुने बताएका छन्।
प्रतिनिधि सभामा सांसदले उठाएको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्रीले भारत भ्रमणको क्रममासीमा विवादको विषयमा पनि छलफल हुने बताएका हुन्।
एमाले सांसद रघुजी पन्त र कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भारतसँगको सीमाविवादबारे प्रधानमन्त्रीसँग सरकारको धारणा माग गरेका थिए।
प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा ती विषयलाई एजेन्डा बनाइएको नबनाइएकोबारे पनि उनीहरूले जिज्ञासा राखेका थिए।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूलेसीमा समस्या समाधानका लागि छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले देशको एक इन्च भूमि पनि अरूलाई नदिने र अरूका एक इन्च भूमि पनि नलिने सिद्धान्तमा आफू अडिग रहेको बताएका छन्।
‘त्यही मान्यतामा रहेर भारत सरकारसँग कुरा हुन्छ। नेपालको राष्ट्रियता, अखण्डता, एकता, स्वाधीनतामा कुनै किसिमको सम्झौता हुँदैन,’ प्रधानमन्त्रीले भने।
उनले आफ्नो भारत भ्रमण मुलुकको नेपालको बृहत्तर हित अभिवृद्धि गर्नेमा केन्द्रीत रहने विश्वास व्यक्त गरे।