नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा भएभरका सबै कुरा भएता पनि आवश्यक केही कुरा पनि नभएको बताएका छन्।
शुक्रबार संसदबाहिर सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै उनले उक्त कुरा बताएका हुन्।
‘भएभरका सबै कुरा छन् तर केही पनि छैन । त्यसैले यसले आज हामीले भोगिरहेका आर्थिक, सामाजिक र व्यवस्थामाथिकै चुनौती छन् । त्यसलाई ठोस कार्ययोजना छैन,' उनले भने, 'यो नीति तथा कार्यक्रम ज्यान भएको जीवन नभएको, प्राण नभएको यसको कुनै सपना छैन, जोश छैन, जाँगर छैन।’
सांसद भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेको आर्थिक, सामाजिक व्यवस्थामाथिको चुनौतिको समाधान गर्ने कुरा नरहेको उल्लेख गरेका छन्।