स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।
विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा भाग लिन मन्त्री बस्नेत ६ सदस्यीय टोलीसहित शनिबार बिहान स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका हुन्।
मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित ६ जना उनको भ्रमण टोलीमा छन्।
जेनेभामा मे २१ (भोलि) देखि ३० सम्म विश्व स्वास्थ्य संगठनको ७६ औं महासभा हुँदैछ।
स्वास्थ्यमन्त्री बस्नेतले विश्व स्वास्थ्य संगठनको महासभाको मुख्य एजेन्डा संगठनको नीति निर्धारण गर्ने, वित्तीय नीतिहरूको सुपरीवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने रहेको जानकारी दिएका छन्।