सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख देवराज जोशीले सुदुरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा शनिबार राति १२ बजेखि लागू हुने गरी अन्त्य भएका जानकारी गराएका हुन्।
प्रदेश प्रमुखबाट संसद सचिवालयमा प्राप्त भएको पत्र सभामुख भीम भण्डारीले पढेर सुनाएका थिए।
गत पुस १८ गतेदेखि चालु भएको उक्त अधिवेशनमा सभामुख र उपसभामुखको निर्वाचन भएको थियो। त्यस्तै, यो अवधिमा एमाले नेतृत्वको सरकार विश्वासको मत लिन नसकेर ढल्यो भने कांग्रेस नेतृत्वको वर्तमान सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरे।
हिउँदे अधिवेशनबाट कार्यव्यवस्था परामर्श समितिका सदस्यको मनोनयन भएको, विषयगत समितिका सदस्य मनोनयन भएको थियो।