नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया गएका छन्।
अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष नेपाल आइतबार राति १२ बजे इन्डोनेसिया प्रस्थान गरेका हुन्।
कम्युनिष्ट पार्टीहरुको बैठकमा सहभागी मुलुकका नेताले आ-आफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् ।
बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यक्रम छ।
पाँच दिने भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुईदेशीय हितका बारेमा छलफल गर्ने अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।