पूर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
पशुपति आर्यघाटमा सोमबार अपराह्न ढुंगानालाई राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो।
त्यसअघि ढुंगानाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानो गौचरणमा राखिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानाको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानसाथ गरिने र आज सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आइतबार निधन भएको थियो।
तस्बिरहरू:
-1731924246.jpg)
-1731924246.jpg)
-1731924245.jpg)
-1731924245.jpg)
-1731924244.jpg)
-1731924244.jpg)
-1731924244.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी