प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बिहीबार भेटघाट भएको छ।
प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका थिए।
करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले) को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालय बैठक सकेलगत्तै ओली भण्डारीकहाँ पुगेका थिए।
केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा उनी विद्या भण्डारी भेट्न पुगेका हुन्।
गत मंसिर ३० गतेको कार्यशालामा ओलीले विद्या भण्डारीलाई राजनीतिमा सक्रिय गराउन दौडधुप थालेको भन्दै त्यसो नगर्न भनेका थिए।