नेकपा एमालेका सांसद धनबहादुर बुढाले भेरी करिडोरको करिब ३३ किलोमिटर सडक कडा चट्टान हुँदा उक्त खण्ड नेपाली सेनामार्फत गराउन सरकारलाई आग्रह गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले चट्टान खण्ड नेपाली सेनामार्फत गराउनको लागि सम्पूर्ण प्रक्रिया सकेर भौतिक तथा पूर्वाधार मन्त्रालयमा फाइल पुगेको बताएका हुन्।
'उक्त खण्ड नेपाली सेनामार्फत गराउनको लागि सम्पूर्ण प्रक्रिया सकेर भौतिक तथा पूर्वाधार मन्त्रालयमा फाइल पुगेको छ,' उनले भने, 'अब छिटोभन्दा छिटो मन्त्रिपरिषदबाट निर्णय गरेर अगाडि बढाउन सरकारसँग माग गर्दछु।'
यस्तै तल्लो बगरदेखि डोल्पा जिल्लाको सदरमुकाम दुनैसम्म सडक स्तरउन्नतिको लागि ४ अर्ब २० करोड बजेट विनियोजन भएको छ।