नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेपछि बैठक सुरू भएको हो।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूले आइतबार काठमाडौंमा गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल हुने एकीकृत समाजवादीले जानकारी दिएको छ।