राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संविधान परिमार्जन कार्यदलको बैठक बुधबार बस्ने भएको छ।
बैठक बुधबार बिहान ८ बजे केन्द्रीय कार्यालयमा बस्ने तय भएको कार्यदलका सचिव गणेश कार्कीले जानकारी दिए।
बुधबारको बैठकमा चारवटा कार्यसूचीमाथि छलफल हुँदैछ।
बैठकमा सत्तापक्षको नजरमा संविधान संशोधनको आवश्यकताबारे समसामयीक विवेचना हुने कार्कीले बताए।
त्यस्तै संविधानलाई जीवन्त र गतिशिल बनाउन संविधान परिमार्जनको विषयमा रास्वपाको धारणा, कार्यदल अद्यावधिक गर्ने र विविध प्रस्तावमाथि छलफल हुने गरी कार्यसूची तय गरिएको छ।
गत पुस २१ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको थियो।
कार्यदलमा सन्तोष परियार, क्रान्तिशिखा धिताल, नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, असिम साह, डा. तोसिमा कार्की, कुसुम महर्जन र मेघ आले सदस्य छन्।