राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले नेपाली कांग्रेस र नेकपा (एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकार ढल्न नहुने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले सरकार ढल्छ भने टेवा दिनलाई रास्वपा तयार भएको बताएका हुन्।
‘दुईवटा ठूला दल, सैद्धान्तिक र व्यवहारिक रूपमा विपरीत ध्रुवमा भए पनि एउटै ठाउँमा छ। हाम्रो पनि कामना छ, हाम्रो साथीहरूले पनि यो कुरा राख्नुभयो, यो सरकार ढल्नु हुँदैन भन्छु म। म चाहिँ यति पनि निवेदन गर्छु कि, यो सरकार ढल्छ भने टेवा दिनलाई रास्वपा तयार छ। तर सरकार ढल्नुहुँदैन,’ उनले भने।
यो सरकार ढलेपछि देशले के गति पाउने हो भनेर प्रश्न पनि गरे
‘यो दुइटा दल, हिजो पनि एकजना माननीयजीको कुरा सुन्दा एकदमै सान्दर्भिक लाग्यो, देशमा राष्ट्रिय विपत्तिजस्तो आएको बेला यस्ता दलहरू सँगै आएर सरकार चलाउने हो। आज केको लागि सँगै आएको हो? दश महिना भइसकेको छ। त्रिविको खेल मैदान सय दिनभित्र बन्छ भनेको हो कि होइन प्रधानमन्त्रीले? हामी ९० दिन सकारमा हुँदा त्यस्तरी काम गरेका थियौं। आज ३०० दिन भइसक्यो, खै त बनेको?,’ उनले भने।
भिडिओ: