लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय महासचिव मनिषकुमार मिश्रलाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ।
अध्यक्ष महन्थ ठाकुरले मिश्रलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्।
‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संशोधित विधान अनुसार मनिषकुमार मिश्रलाई पार्टीको थप जिम्मेवारीसहित केन्द्रीय महासचिव एवं प्रवक्ता पदमा मनोनयन गरिएको छ,’ अध्यक्ष ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ।