ललितपुरको हरिसिद्धीमा कोशी प्रदेशका आर्थिक मामिला मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दिएको छ।
शनिबार बिहान सवा ७ बजेतिर ललितपुर महानगरपालिका-२८ कटिखेलस्थित मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए।
को १ झ ६९९ नम्बरको सरकारी गाडीले बाटो काट्दै गरेकी ११ वर्षीया बालिका उषा सुनुवार मगरलाई ठक्कर दिएको हो।
एसपी जोशीका अनुसार उपचारका लागि बालिकालाई ग्वार्कोस्थित बिएण्डबी अस्पताल पठाइएको छ।
बालिकाको अनुहारमा चोट लागेको छ। त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको परिसरले जनाएको छ।
मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिएपछि स्थानीयले गोदावरी जाने सडक अवरूद्ध गरेका छन्।
स्थानीयहरूले मूल सडकमै गाडी तेर्स्याएर राखेका छन्। स्थानीयहरू सडकमै बेन्च राखेर बस्दा सवारी आवागमन बन्द भएको छ।
गोदावरीमा शुक्रबारदेखि एमालेको विधान महाधिवेशन चलिरहेको छ।
एमालेबाट कोशी प्रदेश सांसद रहेका मन्त्री मगर विधान महाधिवेशनमा सहभागी हुन गोदावरी जाने क्रममा उनी सवार गाडीले बालिकालाई ठक्कर दिएको हो।
मन्त्री मगरल पनि दुर्घटना भएपछि आफू बालिकाको अवस्था बुझ्न अस्पताल आएको सेतोपाटीसँग बताएका छन्।
-ink-1757130884.jpeg)
-ink-1757130883.jpeg)
-ink-1757130883.jpeg)
-1757130275.jpg)
सबै तस्बिरः अक्षर काका/सेतोपाटी।