नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व सिँचाइ मन्त्री उमेश यादव जनता समाजवादी पार्टी नेपाल प्रवेश गरेका छन्।
उनी मंगलबार पार्टी प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष उपेन्द्र यादवले खादा, पार्टी सदस्यता दिएर स्वागत गरेका थिए।
उनलाई नेकपाले सप्तरी–२ बाट उम्मेदवार सिफारिस गरेको थियो।
२०७० सालको संविधान सभा निर्वाचनमा सप्तरी–३ बाट निर्वाचित भएका यादव त्यसयता निर्वाचित हुन सकेका छैनन्।
२०७४ सालमा उपेन्द्र यादवसँग पराजित भएका यादव गत निर्वाचनमा प्रदेश सभामा सप्तरी २ (२) बाट उठेका थिए।
गत निर्वाचनमा उनी जनमत पार्टीका महेश यादवसँग पराजित भएका थिए।
-1767677247.jpeg)
-1767677247.jpeg)

-1767677247.jpeg)
