नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा अगाडि विशेष महाधिवेशन पक्षधरका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन्।
पार्टीले विशेष महाधिवेशन आयोजना गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालय सानेपाभित्र जान नदिएको भन्दै त्यसको विरोधमा उनीहरूले प्रदर्शन गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन आएका नेताहरूलाई उनीहरूले गेटमै रोकेर विशेष महाधिवेशनमा जान आग्रह गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालयमा ठूलो संख्यामा प्रहरीहरू पनि परिचालन गरिएको छ।
तस्बिरहरू:
-1767685263.jpg)
-1767685263.jpg)
-1767685263.jpg)
-1767685262.jpg)
-1767685262.jpg)
सबै तस्बिर: प्रशन्न पोखरेल/सेतोपाटी