राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न बसेको नेपाली कांग्रेसको बैठक स्थगित भएको छ।
आज केन्द्रीय कार्यालय सानेपामा केहीबेर बैठक बसेर स्थगित भएको हो।
कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रिय सभामा तालमेल गर्ने सहमति भएको छ। ती दलहरूसँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकले निरन्तर छलफल गरेका थिए।
आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा कार्यवाहक सभापति खड्काले दलहरूसँग भएका कुराकानीबारे जानकारी गराएका थिए।
प्रवक्ता प्रकाशशरण महतले आजै राष्ट्रिय सभा उम्मेदवार तय गरिने जानकारी दिए।
‘केहीबेरका लागि बैठक स्थगित भएको छ, आज रातिअबेरसम्म बसेर भए पनि उम्मेदवारको टुंगो लगाउँछौं,’ उनले भने।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ। कांग्रेसले ७, एमालेले ७, नेकपाले ३ र जसपा नेपालले १ सिटमा उम्मेदवारी दिने सहमति दलहरूबीच भएको छ।