नेकपा एमाले प्रचार तथा प्रकाशन विभागको प्रमुखमा केन्द्रीय सदस्य मीनबहादुर शाही चयन भएका छन्।
पार्टीको मंगलबार बसेको सचिवालय बैठकले शाहीलाई प्रचार संयोजनको जिम्मेवारी दिने निर्णय गरेको हो।
कालिकोट निवासी शाही सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमाले राजनीतिको मूलधारमा प्रवेश गरेका हुन्।
शाही सामुदायिक सूचना नेटवर्कको संस्थापक, सामुदायिक रेडियो प्रसारक संघ (अकोर्याब) को दुई कार्यकाल अध्यक्ष भएका थिए।
शाही सामुदायिक रेडियो विश्व संगठनको सहअध्यक्ष हुन्।
उनी ११ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य चयन भएका थिए।