नेकपा एमालेले केन्द्रीय नेताहरूको कार्य विभाजन गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज तोकेको हो।
निर्वाचनलाई लक्ष्य गरेर एमालेले बागमतीका १० जिल्लामा नयाँ इन्चार्ज तोकेको छ।
सो अनुसार सिन्धुलीमा प्रदीप कटुवाल, रामेछापमा माधव ढुंगेल, काभ्रेमा अशोक व्यञ्जु, सिन्धुपाल्चोकमा सुवास कर्माचार्य इन्चार्ज तोकिएका छन्।
त्यस्तै धादिङमा भूमि त्रिपाठी, दोलखामा पार्वत गुरूङ, नुवाकोटमा केशव पाण्डे, रसुवामा प्रेम तामाङ, मकवानपुरमा रामेश्वर राना र चितवनमा देवी ज्ञवाली इन्चार्ज तोकिएका हुन्।
बागमतीकै काठमाडौं उपत्यकाका तीन जिल्ला मिलाएर एमालेले राजधानी प्रदेश बनाएको छ।
सचिव राजन भट्टराई इन्चार्ज र नारायण सिलवाल अध्यक्ष तोकिएका छन।