नेकपा (एमाले) ले को दोस्रो केन्द्रीय सचिवालय बैठकले कोशी प्रदेश र त्यहाँका १४ वटै जिल्लाका इन्चार्ज तोकेको छ।
सचिवालयको मंगलबारको बैठकले सचिव शेरधन राईलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ।
सचिवालयको निर्णय अनुसार ताप्लेजुङ इन्चार्जमा तिलकुमार मेयाङ्बो र पाँचथरमा आइन्द्र सुन्दर नेम्वाङलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी, इलाममा राम राना, झापामा रोम ओली, र मोरङको इन्चार्जमा ऋषिकेश पोखरेल चयन भएका छन्।
सुनसरी जिल्लाको कमान्ड जगदीश कुसियैतलाई दिइएको छ भने उदयपुरमा मञ्जु चौधरी र खोटाङमा विशाल भट्टराईले इन्चार्जको जिम्मेवारी पाएका छन्।
यस्तै, ओखलढुङ्गामा यज्ञराज सुनुवार, सोलुखुम्बुमा मानवीर राई, र भोजपुरमा हेमराज राईलाई इन्चार्ज तोकिएको छ। पार्टीले सङ्खुवासभाको जिम्मेवारी तुलसी न्यौपानेलाई दिएको छ। तेह्रथुममा विष्णुमाया विकलाई र धनकुटाको जिल्ला इन्चार्जमा राजेन्द्र राईलाई खटाएको छ।