नेपाली कांग्रेस र नेकपा एमालेसँग मिलेर जाने सम्भावना टुंगिए पनि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको टिकट बाँड्न थालेका छन्।
संयोजक प्रचण्ड र नेता नेपालले बागमत प्रदेशका लागि पुरूषतर्फ सिन्धुपाल्चोकका प्रेम सापकोटा राजेन्द्रलाई उम्मेदवार बनाएका हुन्।
उनलाई संयोजक प्रचण्डले बिहान उम्मेदवार सिफारिस गरिएको पत्र दिएर उम्मेदवारी दर्ताका लागि हेटौंडा पठाएका छन्।
राष्ट्रिय सभामा फागुन २० देखि रिक्त हुने १८ सिटमा आज उम्मेदवारी दर्ता हुँदै छ। निर्वाचन माघ ११ गते हुने छ।