माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका तर्फबाट महिला क्लस्टरबाट रोशनी मेचे र दलित क्लस्टरमा सोमनाथ पोर्तेलले उम्मेदवारी दर्ता गराएका छन्।
अन्य क्लस्टरबाट कांग्रेसका सुनीलबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन्। थापाको प्रस्तावक उद्वव थापा र रेगिना भट्टराई समर्थक छन्।
सोमनाथ पोर्तेलको प्रस्तावक छवि चुडाल, समर्थक एकराज कार्की छन् भने रोशनी मेचेको प्रस्तावक सिर्जना राई, समर्थक शोभा चेम्जोङ रहेको त्यहाँको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

