कांग्रेसका सुनिलबहादुर थापाको राष्ट्रिय सभा सदस्यमा एकल उम्मेदवारी परेको छ।
कोशी प्रदेशबाट अन्य क्लस्टरमा कांग्रेसका उम्मेदवार रहेका थापाको एकल उम्मेदवारी परेपछि निर्विरोध हुने पक्का भएको हो।
राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गर्न बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय निर्धारण गरिएको थियो।
निर्धारित समयभित्र उक्त क्लस्टरमा थापाको मात्रै मनोनयन दर्ता भएको कोशी प्रदेश निर्वाचन कार्यालय प्रमुख चोलराज दंगालले जानकारी दिए।
सोही क्लस्टरमा नेपाली कम्युनिस्ट पार्टीले संखुवासभाका हेमराज घिमिरेलई उम्मेदवार बनाएको थियो।
उनी संखुवासभाबाट आजै हिँडेका कारण समयमै निर्वाचन कार्यालयमा पुग्न सकेनन्।
घिमिरे पूर्व एकीकृत समाजवादीका नेता हुन्।
३ बजेभित्र उनको मनोनयन दर्ता नभएको कार्यालय प्रमुख दंगालले बताए।
'हामीले अहिले नै निर्विरोध निर्वाचित भन्न मिलेन। त्यो क्लस्टर मा थापाको मात्रै उम्मेदवारी परेको छ,' उनले भने।