राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देन र सभापति देउवाबीच आज भेटवार्ता भएको हो।
पृथ्वी जयन्तीको अवसरमा राप्रपाले गर्ने चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका थिए।
त्यस अवसरमा आसन्न चुनाव र समसामयिक राजनीतिका विभिन्न विषयमा कुराकानी भएको श्रेष्ठको भनाइ छ।