नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेन घोषणा गरेपछि बिहीबार बिहान नेता कोइरालाले निवासमै पुगेर सभापति देउवासँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा कोइरालाले पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिले विभाजनको खतरा बढेको भन्दै संवादमार्फत निकास खोज्न सभापति देउवालाई आग्रह गरेका छन्।
उनले कोइरालाले पार्टीभित्र नेताहरु को के बन्नेभन्दा पनि पार्टीको एकता ठूलो विषय रहेको भन्दै सहमतिका लागि लचकतासाथ प्रस्तुत हुन देउवालाई आग्रह गरेका गरेका हुन्।
'विभाजनको पीडा तपाईलाई पनि थाहै छ। विशेष महाधिवेशनलाई संकल्प सभामा परिणत गरेर भए पनि पार्टी एकता जोगाउनुपर्छ। विधान अनुसार महाधिवेशन हुनुपर्छ भन्ने एजेण्डा सधैँ मेरो हो। अहिले पनि संवादबाटै समाधान खोज्न सकिन्छ त्यसका लागि तपाईंले पहल लिनुस्,' कोइरालाले सभापति देउवालाई भने।
आजै दिउँसो नेता कोइरालाले उपसभापति धनराज गुरूङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित देउवासँग पुनः छलफल गर्नेछन्।