नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बिहीबार अपराह्न ४ बजे बस्ने गरी बैठक आह्वान भएको हो।
बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त वक्तव्य जारी गरेर विशेष महाधिवेशन आह्वान गरेपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान भएको हो।
आज बिहान नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेका थिए। उनले विशेष महाधिवेशनलाई संकल्प महाधिवेशनमा रूपान्तरण गर्न लचक हुन सभापतिलाई आग्रह गरेका थिए।