राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै नेताहरू केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन्।
पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा समानुपातिक सूची सच्याउन माग गर्दै उनीहरू केन्द्रीय कार्यालय पुगेका हुन्।
राप्रपा समानुपातिक सूचीमा पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामा र नेता खुस्बु ओली लगायतको नाम छ।
महिला नेताहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गरेको एक नेताले जानकारी दिए।
उनीहरूले समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै अनशन पनि सुरू गरेका छन्।