नेपाली कांग्रेस पर्वत जिल्ला कार्यसमितिले विशेष महाधिवेशनको पक्षमा विज्ञप्ती जारी गरेको छ।
शुक्रबार विज्ञप्ती जारी गर्दै जिल्ला कार्यसमितिले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेको हो।
'यतिखेर नेपाली कांग्रेसमा तमाम कार्यकर्तासँगसँगै आम जनताले खोजिरहेको रूपान्तरित र परिवर्तनशील कांग्रेस निर्माण गर्ने महाअभियानमा जुटिरहेको छ। कांग्रेस बदल्ने र कांग्रेससँगै देश बदल्नले संकल्प र अठोट गरेर कांग्रेसले आगामी बाटो तय गर्नेछ। त्यसैले यही पुस २७ र २८ गते काठमाडौंमा नेपाली कांग्रेसले आफ्नो विशेष महाधिवेशनको आह्वान गरेको छ,' विज्ञप्तीमा भनिएको छ।
विज्ञप्तीमा जिल्ला कार्यसमिति सभापति युवराज जोशी, प्रदेश सभा 'क' का सभापति राजकुमार क्षेत्री, प्रदेश 'ख' का सभापति परविन गुरूङ लगायत विभिन्न गाउँपालिका/नगरपालिका कार्यसमिति सभापतिहरूले हस्ताक्षर गरेका छन्।
