नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शुक्रबारको सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरेको छ।
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य होमनाथ दाहालको गएराति निधन भएपछि कांग्रेस विशेष महाधिवेशनले शनिबार हुने सबै कार्यक्रमहरू स्थगित गरेको हो।
शनिबार भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले र्याली निकाल्ने तथा अन्य विभिन्न कार्यक्रम राखिएको थियो।
ती सबै औपचारिक कार्यक्रम स्थगित गरिएको दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले विज्ञप्ती जारी गरी जानकारी दिएका छन्।
आइतबार तय भएका कार्यक्रमहरू भने यथावत रहेको विज्ञप्तीमार्फत जानकारी दिइएको छ।
आइतबार भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन हुँदैछ।
