नेपाली कांग्रेसको विशेष महाधिवेशनबारे नेताहरू चन्द्र भण्डारी र सुनिल शर्माको संयुक्त पत्रकार सम्मेलन सुरू भएको छ।
काठमाडौंको बत्तिसपुतलीस्थित सिद्धार्थ फुडल्याण्डमा दुई नेताको संयुक्त पत्रकार सम्मेलन सुरू भएको हो।
उनीहरूले विशेष महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।
भण्डारी र शर्मा शुक्रबार विशेष महाधिवेशन हुन लागेको भृकुटीमण्डपमा पुगेका थिए।
त्यहाँ पत्रकारहरूसँग कुराकानीमा उनीहरूले विशेष महाधिवेशन आह्वान गर्ने महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको कदमको प्रशंसा गरेका थिए।