नेपाली कांग्रेसका १२ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै एकताबद्ध भएर निर्वाचनकेन्द्रित रहनुपर्ने उल्लेख गरेका छन्।
उनीहरूले विशेष महाधिवेशनजस्ता कार्यक्रम अहिले आयोजना गर्नु उचित नहुने भन्दै विज्ञप्ति जारी गरेका हुन्।
विज्ञप्ति जारी गरेका जिल्ला सभापतिहरू नेता शेखर कोइरालानिकट छन्। नेता कोइराला पनि विशेष महाधिवेशनका पक्षमा खुलेका छैनन्। सभापति शेरबहादुर देउवासँग निरन्तर भेट गरिरहेका उनले विशेष महाधिवेशनलाई संकल्प भेलाका रूपमा परिणत गर्न आग्रह गरिरहेका छन्।
भोलि र पर्सी काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन हुँदैछ।
यस्तो छ विज्ञप्ति-
