राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक सचिवालय बैठक बस्दैछ।
प्रवक्ता मनिष झाका अनुसार आज अपराह्न ३:१५ बजेका लागि सचिवालय बैठक बोलाइएको हो।
‘पार्टी सभापतिको निर्देशानुसार सचिवालयको आकस्मिक (भर्चुअल) बैठक बस्दैछ। बैठकको कार्यसूची: पार्टी एकता, समायोजन सम्बन्धमा हुन्,’ उनले भने।
उज्यालो नेपालसँग रास्वपाको एकता भए पनि कार्यान्वनमा आउन सकेको छैन।