नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार उद्घाटन हुँदैछ।
विशेष महाधिवेशनको उद्घाटन समारोहका लागि शनिबार नै मञ्च निर्माण गरिएको छ। कुर्सी र साउन्ड सिस्टमको व्यवस्थापन कार्य पनि भइरहेको छ।
आइतबार बिहान ११ बजे उपत्यकाका ५ ठाउँबाट विशेष महाधिवेशनको जुलुस निकालिने तय भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
सुन्धाराबाट निकालिने जुलुस वीर अस्पताल-रत्नपार्क-पुरानो बसपार्क-भृकुटीमण्डप पुग्नेछ।
त्यस्तै रत्नपार्कबाट निकालिने जुलुस पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
शंकरदेव क्याम्पसबाट निकालिने जुलुस पुतलीसडक- पद्मकन्या क्याम्पस-विद्युत प्राधिकरण-पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
कमलपोखरीबाट निकालिने जुलुस चारखाल अड्डा-डिल्लीबजार-पुतलीसडक-पद्मकन्या क्याम्पस-विद्युत प्राधिकरण-पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
र कुपन्डोलबाट निकालिने जुलुस थापाथली-त्रिपुरेश्वर-सुन्धारा-वीर अस्पताल-रत्नपार्क- पुरानो बसपार्क हुँदै भृकुटीमण्डप पुग्नेछ।
ठूलो सवारी साधन पार्किङका लागि सहिदगेटको उत्तरतर्फ टुँडिखेलमा व्यवस्था गरिएको विशेष महाधिवेशन आयोजक समितिले जनाएको छ।